नेपाली काँग्रेसका नेता एनपी साउदले काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रम मात्रै भएको दाबी गरेका छन् । नेपाल प्रेस युनियन कैलालीले आइतबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रम मात्रै भएको दाबी गरेका हुन् । “नेपाली काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित हो, भ्रम हो,” काँग्रेस सरकारमा जाने हल्लाबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “नेपाली काँग्रेस सत्तामा जाने जसरी ¥युमर चलाइएको छ यो नेकपाको आन्तरिक लडाइँको एउटा पाटो मात्रै हो ।”
काँग्रेसका लागि सत्ता महत्त्वपूर्ण नभएको जिकिर गर्दै नेता साउँदले जनताको आस्था र विश्वास जित्ने कुरा नै काँग्रेसका लागि महत्वपूर्ण भएको बताए । गत निर्वाचनमा जनताले काँग्रेसलाई प्रतिपक्षको जिम्मेवारी दिएको प्रस्ट्याउँदै साउदले काँग्रेस पाँच वर्षसम्म लगातार प्रतिपक्षमा बस्ने पनि जिकिर गरे ।
साउदले कम्युनिष्ट सरकारलाई विस्थापित गर्न फागुन चैतमा आन्दोलनको आधिबेहरी सिर्जना गर्ने बताए । नेपाली कांग्रेसको भोली देशभर हुने विरोध सभा सरकारलाई सच्चिन खबरदारीमात्रै भएको र फागुन चैतमा आन्दोलनको आधिबेहरी नै सिर्जना गर्ने बताएका हुन । कांग्रेसका लागि सत्ता महत्वपूर्ण नभएको जिकिर गर्दै नेता साउदले जनताको आस्था र विश्वास जित्ने कुरा नै कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।