आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिमले पायो पुर्णता (नामावली सहित) 
2020/12/16, 9:33
 
tourist

अन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिमको कार्य समितिले पुर्णता पाएको छ । समितिको संयोजक र सहसंयोजक यसअघि नै चयन गरिएकोमा थप १० जना सदस्यहरु थपिएका हुन् । नेपाल पर्यटन बोर्डले प्रदेश समितिको सिफारिसको आधारमा कैलालीका दुई जना तथा प्रदेशका अन्य जिल्लाहरुबाट एक एक जना गरी थप १० जना सदस्य थपिएका हुन् । 

नयाँ चयन गरिएका सदस्यहरुमा कैलालीबाट कमल बम र थर्क शाह, दार्चुलाबाट चक्र सिंह ह्याकी, डडेल्धुराबाट विनोद जोशी, अछामबाट दिपक रावल, वैतडीबाट वासुदेव भट्ट, कञ्चनपुरबाट रामसिंह ठगुन्ना, वझाङबाट दानसिंह सुर्माली, डोटीबाट केपी साउँद र बाजुराबाट निमेन्द्र शाही रहेका छन् ।  प्रदेश समितिको संयोजकमा पर्यटन व्यवसायी मायाप्रकाश भट्टलाई र पर्यटन व्यवसायी प्रमानन्द भण्डारीलाई उप–संयोजक गत कार्तिकमा चयन गरिएको थियो ।

2
कोरोना संक्रमणको त्रासपछि गरिएको लकडाउन र निषेधाज्ञाले पारेको प्रभावबाट पर्यटन व्यवसायीलाई माथि उठाउन समितिले पहल गर्ने छ ।  सुदूरपश्चिममा आएका आन्तरिक पर्यटकहरुलाई घुम्नमा समेत सहजीकरण गर्ने जनाइएको छ । अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारत लगायतका देशबाट पर्यटक आउने अवस्था नभएको तर आन्तरिक पर्यटकहरुलाई कोरोनाको संक्रमणबाट सुरक्षित हुँदै घुम्नमा सहयोग गर्ने बताईएको छ ।