प्रदेश स्तरीय महिला क्रीकेट प्रतियोगिता उदघाटन, पहिलो खेलमा कैलालीको विजयी सुरुवात
2020/12/19, 9:56
 
cricket

कैलाली जिल्ला क्रीकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आतिथ्यतामा धनगढीको फाप्ला क्रीकेट मैदानमा आजदेखी सुरु भएको प्रदेशस्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिताको उदघाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडको समुपस्थितिमा भएको हो।

2

पहिलो कैलाली र डोटीबीच भएको खेलमा डोटीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गर्दै आयोजक टोलि कैलालीलाई ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप,कैलालीले निर्धारित २० ओभरको खेलमा पुरै ओभर खेल्दै ८ विकेटको क्षति १६५ रन बनाउन सफल भएको हो।ब्याटिङतर्फ कैलालीकि चाँदनी शाहले ५० बलमा सर्वाधिक ७२ रन बनाउदै प्रतियोगिताको पहिलो अर्धशतक बनाउने खेलाडी हुँदा लक्ष्मी साउँद २४ बलमा अविजित १४ रन तथा उपकप्तान रुवि पोदारले १३ बलमा ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ डोटीकी रजनी केसीले ४ ओभरमा २२ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा ज्योति शर्माले ४ ओभरमा १ मेडेनसहित १९ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भइन।

2

१६६ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डोटीले निर्धारित २० ओभरको खेलमा १३.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ४९ रनमा समेटिन पुग्यो।ब्याटिङतर्फ डोटीकी कुनैपनि खेलाडीले दोहोरो अंक छुन नसक्दा टिम ११६ रनले पराजित हुन पुगेको कप्तान अनिशा शाहले बताइन्। बलिङतर्फ कैलालीकि कप्तान कविता कुँवरले ४ ओभरमा १ मेडेन सहित ४ रन तथा लक्ष्मी साउँदले ३.४ ओभरमा १२ रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा मनिषा चौधरीले पनि ३ ओभरमा ११ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ महत्त्वपूर्ण जित दिलाउन सफल भइन। प्रदेशस्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिताको पहिलो खेल कैलालीले ११६ रनको फराकिलो अन्तरले जित्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच कैलालीकि चाँदनी शाह घोषित हुन सफल भएकी छिन।

1