धनगढीका सडकमा प्रधानमन्त्री विरुद्ध नारावाजी, प्यालेसमा प्रधानमन्त्रीकै पक्षमा भेला (भिडियो सहित)
2020/12/20, 3:51
 
vela

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि धनगढीमा प्रधामन्त्रीको विरोध गर्दै प्रदर्शन गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि त्यस्को विरोध गर्दै सत्तारुढ नेकपा निकट नेताहरुले नै धनगढीमा प्रदर्शन गरेका हुन् । धनगढीको ट्राफिक चौराहबाट सुरु भएको ¥याली पार्कमोड पुगेर कोण सभामा परिणत भएको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकु्मार नेपाल निकट युवाहरु सम्मिलित प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नारावाजी गरिएको थियो । प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध सडकमा उत्रिन बाध्य भएको नेताहरुले बताएका थिए । 

a

यता पूर्व निर्धारित कार्यक्रमअनुसार पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान पनि धनगढीमै भईरहेको छ । युवा संघले धनगढीको ओम प्यालेसमा भेलाको आयोजना गरेको हो । भेलामा नेकपाका सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा लगायतका ओली पक्षीय नेताहरुको सहभागिता रहेको छ । 

r