सुदूरपश्चिमका अधिकांश ठाउँमा प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शन, पुत्ला दहन र राके जुलुस
संसद विघटनले गर्मरायो नेपाली राजनिति
2020/12/20, 7:37
 
rajniti

सुदूरपश्चिममा प्रतिनिधि सभा विघटनको समर्थन र विरोध भएको छ । कतिपय स्थानमा उनका गुटकाले समर्थन गर्दै खुशी व्यक्त गरेका छन भने कतिपय ठाउँमा उनको विरोध गर्दै प्रचण्ड माधव निकटकाले विरोध सहित आक्रोस व्यक्त गरेका छन् । केही ठाउँमा प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरिएको छ । 

सडकमा प्रधानमन्त्री विरुद्ध नारावाजी, प्यालेसमा प्रधानमन्त्रीकै पक्षमा भेला, राके जुलुस

प्रतिनिधि सभा विघटनको समर्थन र विरोध,  ठाउँ ठाउँमा पक्ष विपक्षमा प्रदर्शन, कही पुत्ला दहन

प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा प्रदर्शन
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ । नेकपा निकट युवा संघले धनगढीमा राखेको भेलामा सहभागी हुन विभिन्न ठाउँबाट आएका युवाहरुले मोटरसाइकल ¥याली सहित ओलीको पक्षमा नारा बाजी गर्दै प्रर्दशन गरेका हुन् ।

1

यस्तै प्रचण्ड–नेपाल समूहका युवाहरुले प्रधानमन्त्रीको कदम राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेका हुन् ।  

1

सडकमा विरुद्ध नारावाजी, प्यालेसमा समर्थनमा प्रसंशा 
मन्त्रि परिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधि सभा विघटन गरेपछि धनगढीमा प्रधामन्त्रीको विरोध गर्दै प्रदर्शन गरिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि त्यस्को विरोध गर्दै सत्तारुढ नेकपा निकट नेताहरुले नै धनगढीमा प्रदर्शन गरेका हुन् । धनगढीको ट्राफिक चौराहबाट सुरु भएको ¥याली पार्कमोड पुगेर कोण सभामा परिणत भएको थियो ।

1

पुष्पकमल दाहाल प्रचण्ड र माधवकु्मार नेपाल निकट युवाहरु सम्मिलित प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध नारावाजी गरिएको थियो । प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध सडकमा उत्रिन बाध्य भएको नेताहरुले बताएका थिए । यता पूर्व निर्धारित कार्यक्रम अनुसार पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान पनि धनगढीमै भएको छ ।

1

युवा संघले धनगढीको ओम प्यालेसमा भेलाको आयोजना गरेको हो । भेलामा नेकपाका सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा लगायतका ओली पक्षीय नेताहरुको सहभागिता रहेको थियो । 

सुदूरपश्चिमका मन्त्रीका आ–आफ्नै तर्क
राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएपछि यसले सुदूरपश्चिममा पनि तरंग सिर्जना भएको छ । राष्ट्रपतिबाट संसद विघटन भएपछि प्रदेशमा कस्तो खालको असर पर्छ भन्ने विषयमा पक्ष विपक्षमा टिकाटिप्पणी हुन थालेको छ । तर यसबारे सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भने अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले प्रतिनिधि सभा विघटनले प्रदेश सरकारमा कुनै खालको असर नपर्ने प्रतिक्रिया दिएका छन् । संवैधानिक रूपमा प्रधानमन्त्रीले प्रदेश सभा विघटन गर्ने अधिकार छैन । केही पनि फरक पर्दैन ।’ उनले भने । 

1

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोराले फेसबुकमा स्टाटस लेख्दै सरकारलाई काम गर्न नदिएर अस्थिरता सिर्जना गर्ने कार्यको निरन्तरता भनेका छन् । उनले विघटनको पक्षमा प्रतिक्रिया दिदै लेखेका छन्, ‘नेपालको संविधान २०७२ ले दुई वर्षसम्म  सरकारका बिरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाईने  प्रावधानका कारण त्यो दुई वर्ष पूरा भए लगत्तैदेखि सरकारलाई काम गर्न नदिएर अस्थिरता सृजना गर्ने काम निरन्तर जो हुँदै आईरहेको थियो, त्यसैको परिणाम आज प्रतिनिधि सभाको विघटनको छ ।’

1

यस्तै प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादवी भण्डारीको कदम गैरसंवैधानिक भएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘प्रधानमन्त्री र राष्ट्रपति ज्यूको कदम संविधान विपरीत छ ।  प्रधानमन्त्री ज्युले गर्नुभएको गल्ती राष्ट्रपति ज्यूले सच्याउनु हुन्छ लागेको थियो । तर त्यसो भएन ।’  सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने आफू अहिले सो विषयमा कुनै प्रतिक्रिया नदिने बताए ।

धनगढीमा नेवि संघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन 

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । आइतबार बिहान राष्ट्रपति समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन ।

1
राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस स्वीकृत गरेको भन्दै धनगढीको पार्कमोडमा राष्ट्रपति विरुद्ध समेत नाराबाजी गरेको नेवि संघका नेता मनिष कुँवरले बताए । 

1
प्रतिनिधि सभा विघटनको विरोधमा सडक उत्र्रिएको नेवि संघले जनाएको छ । देशलाई अस्थीरतातिर थकेल्ने कदम विरुद्ध नेवि संघले अब कडा रुपमा आन्दोलन गर्ने नेवि संघ कैलालीका अध्यक्ष भेष बमले चेतावनी दिए । 

धनगढीमा विवेकशील साझा पार्टीद्वारा संसद् विघटन गरेको भन्दै विरोध प्रदर्शन

सरकारले संसद् विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि देशभर प्रदर्शन भइरहेको छ। विवेकशील साझा पार्टीले समेत सरकारको उक्त कदम विरुद्ध धनगढीमा प्रदर्शन गरेको छ। 

rajniti

अभियान विभाग कैलालीको नेतृत्वमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरिएको संयोजक सुरेन्द्र शाहले बताए। प्लेकार्ड सहित धनगढीको पार्कमोडमा विरोध प्रदर्शन गरिएको उनले बताए। 

अत्तरियामा नेकपा कार्यकर्ताद्वारा प्रधानमन्त्री बिरुद्ध राके जुलुस

rake julush

 कैलालीको अत्तरियामा प्रधानमन्त्री केपी ओली बिरुद्ध राके जुलुस सहित नाराबाजी गरेका छन ।  आइतबार बिहान राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै राके जुलुस सहित प्रदर्शन गरेका हुन् । 

डडेल्धुरामा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

सरकारले संसद् विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि देशभर राष्ट्रपतिसहित प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शन भइरहेको छ। 

1

राष्ट्रपतिले गैर संवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि विरोध प्रदर्शन गरेको छ। 

प्रदर्शनका क्रममा नेविसंघले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुतला जलाउँदै संसद् विघटन गर्ने निर्णय फिर्ता लिन माग गरेका थिए।