प्रादेशिक महिला क्रिकेटः कैलाली कञ्चनपुर र बैतडी सेमिफाईनलमा, चौथो टोलीको आज टुङगो लाग्ने 
2020/12/21, 7:18
 
ddl

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रदेश स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । शनिबार रर आईतबार गरी भएका चार खेलले सेमिफाईनल पुग्ने तीन टोली निर्धारण गरेको हो । चौथो टोलीको टुंगो सोमबार हुने खेलले लगाउनेछ । 

प्रतिायोगितामा सहभागी ६ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा कैलाली बैतडी र डोटी रहेका छन् । समुह बी मा कञ्चनपुर, डडेल्धुरा र बझाङ रहेका छन् । समुह ए बाट बैतडी र कैलाली सेमिफाईनल पुगेका छन । डोटी भने दुबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको हो । सोमबार बैतडी र कैलाली बीचको खेलको नतिजाले समुह ए को विजेता र उप विजेता निर्धारण गर्नेछ । 

समुह बी बा भने कञ्चनपुर समुह विजेता बन्दै सेमिफाईन पुगेको छ । लगातार दुई जित निकाल्दै कञ्चनपुर अन्तिम चारमा पुगेको हो । समुहमा रहेका वझाङ र डडेल्धुरा बीचको खेल जित्ने टीम नै सेमिफाईन पुग्नेछ । मंगलबार सेमिफाईनल र बुधबार प्रतियोगिताको फाईनल खेल हुनेछ ।