अमेरिका निवासी समाजसेवी जयन्ती थापाद्धारा एलपिएललाई प्रायोजन
2020/12/21, 11:41
 
lpl

अमेरिका निवासी समाजसेवी जयन्ती थापाले एलपिएललाई प्रायोजन गरेकी छिन् । कर्मभुमी अमेरिका भएर पनि नेपालको जुनसुकै ठाउँमा सहयोग गर्दै आएकी उनले एलपिएलको पाँचौं संस्करणलाई सह–प्रायोजन गरेकी हुन् । नेपालका विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएकी थापाले लिटिल फ्लावर प्रिमियर लिगलाई तेस्रो संस्करणदेखि सहयोग गर्दै आएकी छिन् ।

1

१० बर्ष अघि दम्पति सहित अमेरिका बस्दै आएकी थापाले देशको माटोको लागि विगत ५ बर्षदेखि सहयोग गर्दै आएकोमा पछिल्लो तीन बर्षदेखि एलपिएलसँग जोडिरहेकोले निरन्तर सहयोग गरिरहेको बताईन् । उनले आफ्नो तर्फबाट हुने जुनसुकै सामाजिक कार्य गर्नका लागि तयार रहेको बताईन् । उनले खेलकुदसँगै विपन्न र जेहेन्दार २१ जना विद्यार्थीलाई विगत ५ बर्षदेखि निरन्तर सहयोग गर्दै आएकी छिन् । 

1

फागुनमा हुने एलपिएलको पाँचौ संस्करणको सह–प्रायोजन गरेकी थापालाई प्रतियोगितामा सपोर्टेड बाई भनेर स्थान दिईनेछ । फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा प्रायोजकहरु जोडिने क्रम जारी रहेको अवस्थामा जयन्ती थापा पनि जोडिएकी हुन् ।   लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा हुने प्रतियोगितामा तल्लो तहको क्रिकेट विकासको लागि थालिएको अभियानमा जोडिएको थापाले बताईन् । क्रिकेटको जग बसाल्न थालिएको प्रतियोगितामा आफुहरुले पनि सामाजिक उत्तरदायित्व सम्झेर योगदान गरिरहेको उनले जानकारी दिईन् । 

1

लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संस्करण फागुन १५ गतेदेखि  २५ गतेसम्म धनगढीमा हुने भएको छ । लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ’ उनले भने–‘यस पटकको लागि तयारी सुरु भइसकेको छ ।’
लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेल मैदानमा हुने जनाइएको छ ।

1

प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।  देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । विगतमा ४ जनासम्म नेपालभित्रका १९ वर्ष मुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ ।