प्रादेशिक महिला क्रीकेट :- बझाङ सेमिफाइनल प्रवेश
2020/12/21, 2:06
 
cricket

 कैलाली जिल्ला क्रीकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आतिथ्यतामा यहि पौष ४ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको प्रदेशस्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिताको तेश्रो डडेल्धुरा र बझाङबीचको खेलमा बझाङले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

फलस्वरूप, बझाङले निर्धारित २० ओभरमा ७ विकेटको क्षति मात्र ९२ रन बनाउनसक्यो।ब्याटिङतर्फ बझाङकि कप्तान सम्झना खड्काले २१ बलमा सर्वाधिक २० रन बनाउदा शिला खड्काले २५ बलमा १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकिनन।बलिङतर्फ डडेल्धुराकि श्रजना साउँद ४ ओभरमा १ मेडेनसहित १७ रन,आशा साँकी ४ ओभरमा १७ रन तथा पुनम फर्सवानले ४ ओभरमा १९ रन खर्चंदै समान २/२ विकेट लिन सफल भइन।

९३ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा ११ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ३६ रनमा समेटिन पुग्यो।ब्याटिङतर्फ डडेल्धुराकि कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकिनन।बलिङतर्फ बझाङकि पविना खड्काले २ ओभरमा ०८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा कमला धामीले ३ ओभरमा ०७ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भइन। प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल बझाङ ५७ रनले विजयी हुँदै आफ्नो समुहको उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न सफल भएको छ।खेलकी वुमन अफ दी म्याच बझाङकि पविना खड्का घोषित हुन सफल भएकि छिन।