
कैलालीमा माटोको ढिस्कोले पुरिएर दुई जना घाईते भएका छन । उनीहरु दुवै जनाको अवस्था चिन्ताजनक रहेको पहरीले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा माटोको ढिस्कोमा पुरिएर बसन्त टोलका १८ बर्षीय भुवन बोहोरा र ४० बर्षीय दुर्गा मन्त्री गम्भीर घाईते भएका हुन ।
उनीहरु दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको ईलाका पहरी कार्यालय मसुरियाले जनाएको छ ।
