दाहाल-नेपाल समूहको निर्णय: ‌ओलीलाई हटाएर नेपाललाई अध्यक्ष
2020/12/22, 5:33
 
a

 नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

बहुमत केन्द्रीय सदस्यको बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । बबरमहलमा जारी बहुमत केन्द्रीय सदस्यको बैठकले नेपाललाई अध्यक्ष चयन गरेको हो ।  नेपाललाई अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए । खनालको प्रस्तावलाई बहुमतले चयन गरेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।