
टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी कैलालीले बुधबार धनगढीमा प्रदर्शन गरेको छ । टीकापुर घटना मुद्दामा अदालतले राजनीतिक पूर्वाग्रह राखेर फैसला सुनाएको र प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै जसपाले विरोध प्रदर्शन गरेको हो ।

विरोध ¥यालीमा रेशम चौधरीसहित टीकापुर घटनामा सजाय फैसला सुनाइएकाहरुको रिहाइको माग गरिएको छ । टीकापुर राजबन्दीहरुको मुद्दाको बारेमा उच्च् अदालत दिपायलले गरेको फैसला खारेज गर, मुद्दालाई राजनीतिक रुपमा सामाधान गर भन्ने नारा सहित प्रदर्शन गरिएको थियो । उच्च अदालतले गरेको फैसलाको विरोधमा केही दिन अगाडि भजनीमा पनि प्रदर्शन गरिएको थियो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36