कैलालीलाई ३ रनले हराउँदै बैतडी च्याम्पीयन
प्रधानमन्त्री कप सुदूरपश्चिम छनोटः
2020/12/23, 7:13
 
cricket

कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट विकास समितिको आतिथ्यतामा प्रधानमन्त्री कप सुदूरपश्चिम छनोट प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । पौष ४ गतेदेखि सुरु भएको प्रदेश स्तरीय महिला टी२० क्रिकेट प्रतियोगिता बुधबार सकिएको हो । धनगढीको फाप्ला मैदानमा बुधबार भएको फाईनलमा कैलालीलाई हराउँदै बैतडी च्याम्पीयन बनेको छ । बैतडीले कैलालीमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको हो । 

1

टस जितेर पहिला ब्याटिङ गर्दै बैतडीले निर्धारित २० ओभरमा ५ विकेटको क्षति मात्र ९६ रन बनाउन सक्यो । बैतडीकी दिव्या कार्कीले ४९ बलमा अविजित २३ रन बनाउदा निर्मला भण्डारीले ३६ बल खेल्दा बबिता बोहराले ७ बल खेल्दै समान १८, १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन । कैलालीकी स्नेहा महराले ४ ओभरमा २१ रन खर्चंदै सर्वाधिक २ विकेट लिईन ।

1

९७ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षति मात्र ९३ रन बनाउँदा खेल ३ रनले गुमाउन पुग्यो । कैलालीकी चाँदनी शाहले २८ बलमा सर्वाधिक २३ रन बनाउँदा लक्ष्मी साउँद १२ बलमा अविजित १५ रन, कप्तान कविता कुँवरे १६ बलमा १४ रन तथा शोभा रोकायाले ३३ बलमा ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बैतडीकी कप्तान रितु कनोजियाले ४ ओभरमा एक मेडेन सहित १० रन खर्चंदै सर्वाधिक २ विकेट लिईन् । खेलकी वुमन अफ दी म्याच बैतडीकी दिव्या कार्की भईन ।

1

पाँच दिनसम्म चलेको प्रतियोगिताको वुमन अफ दी सिरिज सुनिता लुहार (बैतडी) बेष्ट ब्याट्सवुमन  चाँदनी शाह (कैलाली), बेष्ट बलर कविता कुँवर (कैलाली)  र इमर्जिङ खेलाडी मनिशा चौधरी (कैलाली ) भईन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई समापन समारोहमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ । कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमकी प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट रहेकी थिईन् । 

2