अमेरिकामा जि सेभेनको वैठक गर्ने ट्रम्पको प्रस्ताव जर्मन चान्सलर मर्केलबाट अस्वीकार
2020/05/30, 10:33
 
smel

जर्मन चान्सलर एंगेला मर्केलले ग्रुप अ सेभेन जि सेभेनको वैठक अमेरिकामा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणालाई अस्वीकार गरेकी छन् । उनले शुक्रबार ट्रम्पको प्रस्ताव अस्वीकार गरेकी हुन ।

’संघीय चान्सलरले राष्ट्रपति ट्रम्पको जुनको अन्त्यमा वासिङ्टनमा जि सेभेन वैठक गर्नका लागि गरेको आमन्त्रणका लागि धन्यवाद दिनुभएको छ। तर हाल चलिरहेको समग्र महामारीलाई ध्यानमा राख्दै उहाँले वासिङ्टन पुगेर व्यक्तिगत सहभागिता जनाउने कुरा स्वीकार गर्न सक्नुहुन्न’, जर्मन सरकारका प्रवक्ता स्टेफन सेबर्टले भने ।

’उहाँ महामारीको निगरानीमै निरन्तर रहनु हुनेछ’, जारी विज्ञप्तिमा भनिएको छ । ट्रम्पले वैठक  रोकिराख्नुभन्दा जुनको अन्त्यमा ’जि सेभेन’को वैठक गर्नु उत्कृष्ट उदाहरण हुने विश्वास व्यक्त गरेका थिए । 

जि सेभेन विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुकहरूको संगठन हो । यसमा अमेरिका, जर्मनी, जापान, क्यानडा, बेलायत, इटाली र फ्रान्स सदस्य रहेका छन ।