कैलालीका विनोद थापाले बनाएको नयाँ विश्व कीर्तिमान गिनिज बुकमा !
2020/12/24, 7:26
 
binod thapa

कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले कायम गरेको नयाँ विश्व किर्तिमान गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थापाको रेकर्डलाई गिनिज बुकमा आधिकारिक रुपमा दर्ता गरिएको हो । 

2

1
कैलालीको टीकापुरका तेक्वान्दो खेलाडी थापाले गत कार्तिक चार गते मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गर्दै सवैभन्दा बढी ४ हजार ७ २५ किक हानेका थिए ।  उन बनाएको यो रेकर्डले पुरानो विश्व रेकर्ड तोडिएको थियो ।  यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको थियो ।

1

उनको नाममा २२ अप्रिल २०१९ का दिन युएसएमा भएको कार्यक्रम एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम थियो । थापाले एक घण्टामा हानेको ४ हजार ७२५ किकको भिडियो सहितका अन्य रेकर्डको सबै डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाईएपछि थापाको नाममा नयाँ विश्व किर्तिमान आधिकारिक रुपमा दर्ता भएको छ । अब यो रेकर्ड थापाको नाममा आएको छ ।