नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस तथा राष्ट्रपतिले त्यसलाई अनुमोदन गरेपछि नेपाली राजनिति तरंगित भएको छ । स्वयम नेकपाकै कार्यकर्ताहरु पनि त्यसको विरोध गर्दै आन्दोलन गरिरहेका छन् । नेकपाकै भातृ संगठन युवा संघ नेपालले सुदूरपश्चिममा पनि विभिन्न आन्दोलन गर्दै आएको छ ।
संसद विघटन भएको दिन विरोध प्रदर्शन, दोस्रो दिन ओलीकै पुत्ला दहन, तेस्रो दिन पार्टी कार्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमहरु भईरहेका छन् । धनगढीमा ओली विरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका युवा संघ नेपालका केन्द्रिय सदस्य दिपकवहादुर सिंहले आन्दोलन गर्नु रहर नभई बाध्यता रहेको बताएका छन् ।
उनले पार्टी नेतृत्व हिटलर बन्न खोजेपछि आन्दोलनको विकल्प नरहेको जिकिर गरे । उनले ओलीले नेकपालाई एकलौटी रुपमा अगाडी बढाउँदै जनमतलाई कुल्चदैं हिटलर बनेर अधिनायकवाद बन्न खोजेको बताए ।