
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका छन् । हरिबोल पनि यसअघि कुनै भेलामा सहभागी थिएनन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल र हरिबोल ओलीतर्फ लागेका छन् ।
यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14