
कैलालीमा माटोको ढिस्कोमा पुरिएका युवकको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा माटो खन्ने क्रममा खसेको ढिस्कोमा पुरिएर गम्भीर घाईते भएका १८ वर्षीय भुवन बोहोराको मृत्यु भएको हो ।

गम्भीर घाईते भएका युवकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
यस्तै ढिस्कोमा पुरिएर घाईते भएकी स्थानीय ४० वर्षीया दुर्गा मन्नीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
