ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट एलपिएलको एजुकेशन पार्टनर
2020/12/24, 7:26
 
lpl

फागुन १५ गतेदेखि २४ गतेसम्म धनगढीमा हुने एलपिएलको पाँचौ संस्करणको एजुकेशन पार्टनरको रुपमा धनगढीको ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले साथ दिएको छ । फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट  एजुकेशन पार्टनर भएको हो । ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट यसपालीदेखि एलपिएलमा जोडिएको हो । 

2

1

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ । आयोजकका तर्फबाट संस्थापक रामचन्द्र शाही र ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टको तर्फबाट निर्देशक रमेश विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले पछिल्लो चार बर्षदेखि धनगढीमा होटेल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको छ ।

1

2

धनगढी चटकपुरमा रहेको होटेल फ्लोराको पछाडीतर रहेको भवनसँगै रहेको कलेजले सिटीईभिटीबाट मान्यता लिएर होटेल म्यानेजमेन्टका डिप्लोमा कोर्षहरु अध्यापन गराउँदै आएको छ । अध्यापनको साथै प्राविधिक सहयोग र रोजगारीका लागि पनि विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । 

1

1

९ महिनाको पढाई र एक बर्षको ईन्टरसीप सुविधा सहित कलेजबाट पढेका ३६ जना चीनमा २३ जना भारतमा रोजगारी गरिरहेका छन् । ९ जना रोजगारीका लागि दुवई जाने तयारीमा रहेका छन् । आफै स्वरोजगार बन्नका लागि तथा विदेश जान चाहनेहरुलाई एकदेखि डेढ लाखसम्ममा होटेल म्यानेजमेन्ट कोर्ष अध्यापन गराउँदै आएको छ । यसमा पाठ्यपुस्तक गायतका स्टेशनरीहरु निशुल्क दिने गरिएको छ ।

1

1

यो कोर्ष काठमाण्डौं लगायतका स्थानमा पढ्नका लागि झण्डै ८ लाखसम्म रकम लिने गरिएको छ । शिक्षा र होटेलका क्षेत्रमासँगै एक दशक लामो अनुभव भएकाहरुले ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट सञ्चालन गरेका हुन् । 

1

1