सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओली पक्षमा गएका छन् । यसअघि, सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार जना नेपालु चौधरी, रतन थापा, मन्त्री पठासिंह बोहरा र लीलाधर भट्ट ओली पक्षमा थिए ।
बिहीबार काठमाण्डौंमा भएको ओली पक्षको भेलामा प्रदेश सभा सदस्य जोशी पनि उपस्थित भएका छन् । योसंगै यहाँबाट खुलेरै ओली पक्षमा जानेहरुको संख्या पाँच पुगेको छ । अझै केही प्रदेश सभा सदस्य ओली पक्षमा जाने सम्भावना रहेको बताइएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरेका विघटित प्रतिनिधि सदस्य नारदमुनि राना, यज्ञबहादुर बोगटी, प्रेम आले, गणेशसिंह ठगुन्ना, दामोदार भण्डारी लगायतका नेताहरु पनि ओली पक्षमा छन् ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12