बैतडीका थुनुवा संक्रमितको सम्पर्कमा रहेका ८ प्रहरी सहित ९९ जनाको रिपोर्ट नेगेटिभ
2020/05/30, 11:53
 
korona

बैतडीमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका र आरडीटी पोजेटिभ देखिएका आठ प्रहरी सहित सबै ९९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर रिपोर्ट नेगेभिट आउनेमा जिल्ला न्यायाधीश सहित अदालका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहित प्रशासनका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसहित प्रहरी, जिल्ला अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी, सङ्क्रमितका आफन्त र  सङ्क्रमितसँगै थुनामा रहेका थुनुवा छन ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।  हिरासतमा रहेका ती युवकमा कोरोना पुष्टि भएसँगै कन्टयाक्ट ट्रेसिङ गरी प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस प्रसाद भट्टले जानकारी दिए ।

स्वाब सङ्कलन गरी पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको छ ।