कैलालीको त्रिनगर नाका पुगेका नेपालीहरुको बर्षाले विजोग भएको छ । आज धनगढीमा बर्षा भएका कारण भारतबाट फर्किएका नेपालीहरुको सीममा विजोग भएको हो । बर्षाबाट बँच्नका लागि ओत लाग्ने लाग्ने ठाउँ समेत नहँुदा उनीहरु थप समस्यामा परेका हुन ।
भारतका विभिन्न स्थानहरुबाट आएका नेपालीहरुलाई पानी भिजाउनुका साथै त्यहाँ हिलो समेत भएको छ । पानीकै बीचमा पनि उनीहरुलाई खाना पानीको व्यवस्थापनको काम भने भईरहेको खानापानी अभियानमा सक्रिय कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
आज विहान पानीमा भिज्दै साढे पाँच सय नेपालीहरु नेपाल पुगेका छन । जेठ २ गतेदेखि भारतका विभिन्न शहरहरुबाट आएका नेपालीहरुको उद्धारको काम सुरु गरिएको थियो । आजसम्म पनि नेपालीहरु सीमा नाका पुग्ने क्रम जारी रहेको छ । हालसम्म झण्डै ३४ हजार नेपाली नेपाल भित्रिसकेका जिल्ला पहरी कार्यालय कैलालीका पहरी नायवक उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।