सुदूरपश्चिमबाट तीन मन्त्री थपिएः प्रेम आले, गणेश ठगुन्ना र गौरीशंकर चौधरीलाई मन्त्री बनाईयो
2020/12/25, 7:56
 
mantri

नेकपा (ओली) समूहका आठ जना नेतालाई मन्त्री पदको शपथ ग्रहण गराईएको छ । उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाईएको हो । थपिएको सात सदस्यीय मन्त्री मण्डलमा पहिलो पटक सुदूरपश्चिमले सबैभन्दा बढी मन्त्री पाएको छ । सरकारमा एक जना मन्त्री वहाल रहेकै अवस्था तीन जना मन्त्री थपिएका हुन् । 

यसअघि कैलालीका लेखराज भट्ट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रहेका छन् । योसँगै सुदुरपश्चिमले सरकारमा सबैभन्दा धेरै चार मन्त्री पाएको छ ।  सुदूरपश्चिम प्रदेशका तीन नेता एकै दिन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद्  हेरफेर गरेर बिस्तार गर्दा प्रेम आले, गणेश ठगुन्ना र गौरीशंकर चौधरीलाई मौका दिईएको हो । 

डोटीबाट निर्वाचित प्रेम आले वन मन्त्री  भएका छन् । दार्चुलाबाट निर्वाचित गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री र कैलालीबाट निर्वाचित गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा टोपवहादुर रायमाझी ऊर्जा मन्त्री भएका छन् । मणी थापा खानेपानी, प्रभु शाह सहरी विकास  मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।