सुदूरपश्चिम प्रदेशका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९० नमूना परीक्षण गर्दा कैलालीका ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा १५ जना रहेका छन् । कैलालीको गोदावरीका ९ जना, गौरीगंगा नगरपालिकाका ६ जना, घोडाघोडी, टिकापुर, कैलारीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कञ्चनपुरको भीमदत्तका ९ जना, बेलौरीका ७ जना, बेदकोटका २ जना, लालझाँडी, कृष्णपुर, र स्थानीय तह नखुलेका एक/एक कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यस्तै बझाङमा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टी भएको छ भने अछामको कमल बजारको प्रयोगशालामा १ जनामा संक्रमण पुष्टी भएको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ६० पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन ।