सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफ्नै गुटबाट तर्सिएका छन् । मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल समुहसँग असन्तुष्ट देखिएका हु् । नेकपा भित्रको विवादपछि खुलेर प्रचण्ड–नेपाल समुहमा लागेका मुख्यमन्त्री भट्ट आफ्नै समुह आफुलाई हटाउन लागेपछि असन्तुष्ट बनेका हुन् ।
आफ्नै समुहबाट हटाउने तयारी भएपछि मुख्यमन्त्री भट्ट प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सत्ता साझेदारको अफर भएका छन् । उनले काग्रेंस संसदीय दलका नेता डाक्टर रणवहादुर रावलसँग छलफल समेत गरेका छन् । नेता रावलसँगको भेटर्वार्तामा भट्टले आफ्नै समुहबाट असहयोग भएको गुनासो गरेका थिए । उनले पछिल्ला अवस्थामा आफुलाई असहज अवस्था सिर्जना भएको भन्दै आईपरेको खण्डमा सहकार्य गरेर अगाडी बढ्ने प्रस्ताव गरेका छन् ।
आइतबार साँझ मुख्यमन्त्रीसँग भेटवार्ता गरेका नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रावलले मुख्यमन्त्री भट्टले सरकारमा सहभागी हुन अफर गरेको बताए । ‘उहाँले आफूलाई पार्टीभित्रैबाट असहयोग भएकोले सरकारमा आउन आग्रह गर्नुभएको छ । सरकारमा के भूमिका रोज्नु हुन्छ भन्ने आशयको कुरा भयो । तर हामीलाई अहिले पद चाहिएको छैन् भनेको छु । तपाईहरु मिलेर जानुस भन्ने सुझाव दिएको छु ।’ प्रतिपक्षी दलका नेता डाक्टर रावलले भने ।
नेकपाका नेता लेखराज भट्टको सिफारिसमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्ट नेकपा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा लागेका छन् । लेखराज भट्टसँग सम्बन्ध बिग्रिएपछि नेकपाका प्रदेश इन्चार्ज भीम रावलसँग नजिकिएका भट्ट आफ्नो सरकार सुरक्षित रहेको दाबी गर्दै आएका थिए । तर प्रचण्ड–नेपाल समूहकै प्रदेश सभा सदस्यले भट्ट विरुद्ध हस्ताक्षर संकलन गर्न थालेपछि उनको मनमा चिसो पसेको छ ।
पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको अगुवाईमा भईरहेको हस्ताक्षर अभियानपछि झस्किएका मुख्यमन्त्री भट्टले सोडारीलाई बोलाएर छलफल गरेका थिए । सोडारीले जवाफमा मुख्यमन्त्री नभएर आफूले मन्त्रीहरु हेरफेर हुनुपर्ने बताउँदै आएको प्रतिक्रिया दिएका थिए । यसबै विषयमा छलफल गर्न र समुहको आन्तरिक किचलो हटाउन नेकपाका नेता तथा सुदुरपश्चिम ईन्चार्ज डाक्टर भीम रावल धनगढी आएका छन् ।