हरेक निर्वाचन क्षेत्रमा आज नेपाली काग्रेंसले विरोध प्रदर्शन गर्दैछ । नेपाली कांग्रेसले संसद विघटन, अधिनायकवाद, भ्रष्टाचार तथा अलोकतान्त्रिक गतिविधिका विरुद्ध प्रदर्शन गर्न लागेको हो । देशैभरका १६५ वटै निर्वाचन क्षेत्र र सुदुरपश्चिमका सवै निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिको आयोजनामा विरोध प्रदर्शन भईरहेको नेपाली काग्रेंस प्रचार प्रसार विभागले जनाएको छ ।
धनगढीमा पनि प्रदर्शन सहितको कोण सभा हुदैछ । मध्यान्ह १२ बजे धनगढी क्याम्पस चोकदेखि धनगढी चौराहसम्म प्रदर्शन हुन लागेको क्षेत्रीय सचिव भीम पडालले जानकारी दिएका । उनका अनुसार चौराहमा कोणसभा आयोजना गरिएको छ । कोण सभालाई नेपाली कागेंस कैलालीका सभापति नरनारायण शाह मनु धनगढी नगर सभापति नृप ओड र क्षेत्रीय सभापति हरिश खड्काले सम्बोधन गर्नेछन् ।
विरोध प्रदर्शनमा सहभागी भई दिन । नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, लगातका सम्पूर्ण भातृ संघ तथा शुवेच्छुक संघलाई आग्रह गरिएको छ ।