नेपाली काँग्रेस धनगढीका सभापति तथा धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले विद्या भण्डारी केपी शर्मा ओलीका लागि मात्रै राष्ट्रपति भएको बताएका छन् । संसद विघटनविरुद्ध धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वडले यस्तो बताएका हुन् । उनले भने, ‘विद्या भण्डारीलाई हामीले सबै जनताको राष्ट्रपति सम्झेका थियौँ । तर उनी केपी ओलीकी मात्रै राष्ट्रपति बनिन्् ।’ वडले नेकपाको सरकार संविधान र जनताको मर्म बिपरित गएको बताए ।
उनले भने,’ नेकपाको लडाइ जनताको लागि होइन, त्यो लडाइ त पदको लडाइ हो’ संघीय प्रतिनिधी सभा विगठन गर्दै निर्वाचनको घोषणा गरिएको भन्दै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला आएको उनले बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12