एक लाख धनराशीको युएनडी  फुटसल प्रतियोगिता सुरु
2020/12/28, 6:43
 
futsal

एक लाख बढी धनराशीको धनगढीमा युएनडी खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ । युएनडीको आयोजनामा पहिलो खुल्ला फुटसल प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।  धनगढी फ्ल्याटल्याण्ड फुटसलमा आयोजना भईरहेको प्रतियोगिताको पहिलो दिन १० वटा टीम अर्को चरणमा प्रवेश गरेका छन् ।

८ वटा टीम जित हात पार्दै र २ वटा टीम वाक ओभर पाएर अन्तिम आठमा पुगेका हुन् । अन्य टीमहरु भने पहिलो चरणमा वाई पाएर क्वाटरफाईनलमा पुगेका छन् । अन्तिम आठमा पुग्ने सबै टीमहरुको टुंगो लागेसँगै क्वाटरफाईनल समिकरण पुरा भएको छ । 
फ्ल्याटल्याण्ड फुटसलमा भएको उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्च कैलाली विजयी भएको छ । मञ्चले चाँदी टीम तारानगरलाई १०–३ ले हराएको हो । दोस्रो खेलमा चौधरी हार्डवेयर अनुपस्थित भएपछि रोयल कोल्याब्रेटिभ्स वाक ओभर पाए दोस्रो चरणमा पुगेको छ ।

तेस्रो खेलमा हसनपुर युवा क्लबलाई द टुईन्सले हराएको छ । चौथो खेलमा धनगढी जेसिजलाई सेन्ट्रल क्याफेले हराएको छ भने पाँचौ खेलमा स्टार सिटीले चौमला युवा क्लबलाई किनारा लगाएर क्वाटरफाईनल पुगेको छ ।  छैठौं खेलमा नवदुर्गा युवा क्लबले जुगेडा क्लबलाई हराउँदा सातौं खेलमा नवोबुद्ध युवा क्लबले कार्की ब्रदर्सलाई हराएको हो । आठौं खेलमा बोराडाँडी युवा क्लब अनुपस्थित भएपछि वाक ओभर सिआर सेभेन पनि अन्तिम आठमा पुगेको छ ।

नवौं खेलमा आईएचआईटीलाई हराउँदै धनगढी युवा क्लब विजयी हुँदा पहिलो दिनको दशमौं तथा अन्तिम खेलमा फारवेष्ट पशुपति युवा क्लबले स्याउले युवा क्लबलाई हराएको छ ।  प्रतियोगिताको विजेताले नगद ६१ हजार, उपविजेताले २५ हजार र तेस्रो हुने टोलीले नगद ११ हजार प्राप्त गर्नेछन् । साथमा सिल्ड तथा प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।