भारतबाट फर्किएर लोकल कुखुरापालनमा रमाउँदै उपेन्द्र
2020/12/29, 9:01
 
khukura

जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा अहिले लोकल कुखुरा पाल्ने क्रम पनि सुरु भएको छ । धनगढी आसपासमा लोकल कुखुरालाई केन्द्रित पारेर मात्रै पनि होटेल रेष्टुरेन्ट सञ्चालनमा आउन थालेपछि स्थानीय जातको कुखुरालाई व्यवसायिक रुपमा पाल्न थालिएको हो । यसमै सम्भावना देखेर व्यवसायिक लोक कुखुरापालनको बाटोमा उन्मुख भईरहेका छन् धनगढी उप महानगरपालिका वडा नम्बर १ का उपेन्द्र सिंह पनि । 

भारतमा रोजगारी गर्दै आएका उपेन्द्र लकडाउनमा घर फर्किएपछि काम विहीन बन्दा उनले गाँउघरमा समेत मासिदै गएको बेला लोकल कुखुरा पालन सुरु गरेका हुन् । ‘जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा मैले स्थानीय जातको लोकल कुखुराको व्यवसायिक पालनमा जुटेको हुँ ।’ उनले भने ।  फर्ममा पाल्ने जातको लोकल कुखुराका चल्लाहरु हुर्काउन लागिरहेका छन उनी । ‘लोकल कुखुरालाई बजारको कुनै समस्या छैन ।’ उनले भने– ‘पालन गरेको अहिले चार महिना हुन लागेको छ । तर कन्निे मान्छेहरु अहिले नै आईसकेका छन् । कतिपयले त अहिले नै पैस दिएर जान्छु । कुखुरा पछि लैजान्छु पनि भन्छन् ।’

1

उनले माग बढिरहेकोले सोही कुरालाई मध्यनजर गरी चल्ला हालिएको बताए । ६ महिनामा तयारी हुने कुखुरा हाल चार महिना पुगेका छन् । भारतमा रोजगारी गर्दै आएका उपेन्द्र लकडाउनमा घर फर्किएपछि काम विहीन बन्दा उनले गाँउघरमा समेत मासिदै गएको बेला लोकल कुखुरा पालन सुरु गरेका हुन् । ‘जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा मैले स्थानीय जातको लोकल कुखुराको व्यवसायिक पालनमा जुटेको हुँ ।’ उनले भने । फर्ममा पाल्ने जातको लोकल कुखुराका चल्लाहरु हुर्काउन लागिरहेका छन उनी । ‘लोकल कुखुरालाई बजारको कुनै समस्या छैन ।’ उनले भने– ‘पालन गरेको अहिले चार महिना हुन लागेको छ । तर कन्निे मान्छेहरु अहिले नै आईसकेका छन् । कतिपयले त अहिले नै पैसा दिएर जान्छु । कुखुरा पछि लैजान्छु पनि भन्छन् ।’

उनले माग बढिरहेकोले सोही कुरालाई मध्यनजर गरी चल्ला हालिएको बताए । ६ महिनामा तयारी हुने कुखुरा हाल चार महिना पुगेका छन् । विशेष गरी मासु अण्डाको लागि प्रख्यात लोकल कुखुराका चार सयभन्दा वढी चल्लाहरु कुखुराको खोरमा हुर्काईरहेका छन् उपेन्द्र ।  उनी ११ बर्षदेखि भारतमा रोजगारी गर्दै आएका थिए । कोरोनाका कारण महाराष्ट्रमा गरिरहेको उनको काम छुट्यो । काम विहीन भएपछि घर फर्किए । चैतदेखि घरमा नै खाली बसिरहेका थिए उनी । उनी मामाको घरमा बस्दै आएका छन् । सानो उमेरदेखि नै मामाले नै हुर्काए बढाएका हुन् उनलाई । विहेवारी पनि मामा नै गरि दिएका हुन् । त्यसपछि गाउँघरमा काम नपाएपछि भारत लागेका हुन् उपेन्द्र ।

सन् २००९ देखि उनी मुम्बईमा चाईनिज फाष्टफुडको काम गर्दै आएका थिए । कमाईको नाममा खान लाउन पुग्ने खालको मात्रै थियो । तर पनि घर आएर खाली बस्नुभन्दा जे छ त्यसैमा चित्त वुझाएर बसेका थिए उनी । गत चैतमा कोरोनाका कारण उनी वाध्यता र परिस्थितिले घर फर्किनु पर्यो । ११ बर्षे भारत बसाईमा घर आउने केही समय बस्ने अनि फेरि भारत फर्किने तालिका हुन्थ्यो उपेन्द्रको । तर चैतमा फर्किएपछि उनी यतै रहे । घरमै बसे । त्यही क्रममा पाँच दिने उद्यमशीलता तालिम दिन थालेको थाहा पाए । उनी पनि तालिममा सहभागी भए । युनडीपीको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समुह संघ कैलाली तथा धनगढी उपमहानगरपालिका सहयोग र समन्वयमा गरिएको लघु उद्यमशीलता तालिमले उनलाई केही गर्ने सोचको विकास गर्यो । विशेष गरेर कोभिड १९ बाट रोजगारी गुमाएका र भारतबाट आएका आप्रवासी कामदारलाई जिविकोपार्जन सुधार गर्न उद्यमशीलता तालिम दिईएको थियो ।

2

त्यही तालिम लिएर व्यवसाय गर्न थालेपछि उनको भाग्य खुलेको हो । उनी कोरोना कहरले रोजगारी गुमाउँदा जति दुःखी भएका थिए । त्यही कहरले आफ्नै घरमा बसेर पनि मोहर कमाईन्छ हैं भन्ने कुराको अनुभुती गर्न पाउँदा त्यो भन्दा अझ बढी खुशी छन् । कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजना अन्तर्गत उनले सात सयभन्दा बढी चल्ला पाए । चल्ला हुर्काउनका लागि आवश्यक पर्ने कुखुरा फर्म बनाउन मामाले सघाए । आवश्यक चारो भाडा लगायतको प्राविधिक सहयोग पनि पाए । पहिलो लटमा कुखुरा बेचेर केही आम्दानी पनि गरे । काम गरेर घरमै पनि पैस कमाई हुने रैछ भन्ने स्वाद भने उनले चाखे । भान्जाले घरमै बसेर काम गरेको देखेर बृद्ध उमेरका उनका मामा तारा चन्द पनि दंग छन् । ‘मैलै बच्चाई देखि हुर्काए । पढाए । ब्याह अरे । पाँच बर्षको पनाति भईसक्यो । सबै काम सिकाया छु ।’ मामा चन्दले भने–‘राम्रो लाग्या छ । खुशी लाग्या छ । धेरै मलाई शान्ति छ ।’

उपेन्द्रको पनि काम गर्नलाई अब भारत फर्किने ईच्छा मरिसक्यो । सुरु गरेको कुखुरापालनलाई अगाडी बढाउने र यसलाई विस्तार गर्ने योजना बनाएका छन् उनले । वडा सदस्यबाट खबर पाएपछि तालिम गर्दा गर्दै यतातिर ध्यान गएको हो । केही खर्च पाईयो बाँकी आफैं लगाएर सुरु गरेको हुँ । उपेन्द्रले भने–‘भारतमा काम गर्दा दुःख पिडा भईहाल्छ । गाहे अप्ठेरो गरेर बसियो । अब गईदैन् । यसैमा अगाडी बढ्ने हो । विस्तार गर्ने हो ।’ 

कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजनाले दिएको तालिममा सहभागी हुन पाएपछि उनमा उद्यमसिलता गर्ने उत्प्रेरणा जागेको हो । धनगढी उपमहानगरपालिकासँग मिलेर सञ्चालन भईरहेको परियोजनाले उपेन्द्र जस्ता आफ्नै घरमा वसेर काम गर्न चाहनेलाई तालिम गराउँदै उद्यमसिलतातिर लगाईरहेको जिल्ला लघु उद्यमी समुह संघ कैलालीका अध्यक्ष गणेश विष्टले बताए । व्यवसायपछि किसानहरुका लागि उत्पादनलाई बजारीकरण गराउन पनि आफुहरुले पहल गरेको उनले बताए । यो परियोजना धनगढीका तीन वटा वडामा लागु गरिएको छ । धनगढी उपमहानगरपलिका वडा नम्बर १, १४ र १६ का एक सय ५० जनाभन्दा वढीलाई परियोजनाको सहयोगमा स्वरोजगार बनाईएको छ ।