महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले सुखद सुरुवात गरेको छ । समुह बीको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले पराजित गरेको हो । १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाएर मात्र ४८ रन बनायो ।
उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । श्रृष्टी पौडेलले सर्वाधिक ८ रन बनाइन् । सुदुरपश्चिमकी सुनिता लुहारले २ तथा कविता कुँवर, रितु कनुजिया र लक्ष्मी साउँदले समान १÷१ विकेट हात पारिन ।
यसअघि लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १९ ओभरमा ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । उसकी रेवती धामीले सर्वाधिक २८ रन बनाइन् । यस्तै कप्तान बिन्दु रावलले १३ तथा मन्जु बोगटीले १० रन जोडिन् ।
गण्डकीकी श्रृष्टि पौडेल र अलिसा लामिछानेले समान ३–३ विकेट लिए । सुदूरपश्चिमले बुधवार बागमति प्रदेश र विहीवार प्रदेश नम्बर १ सँग प्रतिस्पर्धा गर्नेछ । यसअघि समुह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी सेमिफाइनल पुगिसकेका छन् ।