युएनडी फुटसलको उपाधिका आज स्टार सिटी फारवेष्ट पशुपति भिड्दै
2020/12/30, 11:47
 
futsal

लाख बढी धनराशीको युएनडी खुल्ला फुटसल प्रतियोगिताको उपाधिका लागि आज स्टार सिटी युवा क्लब र फारवेष्ट पशुपति युवा क्लब भिड्दै छन् । प्रतियोगितामा मंगलबार भएका सेमिफाईनलमा जित हात पार्दै दुबै टीम उपाधिका लागि भिड्दै छन् । 

पहिलो सेमिफाईनलमा स्टार सिटी युवा क्लबले द टुईन्स क्लबलाई हराएको हो भने फारवेष्ट पशुपतिले सिआर सेभेन फुटसल क्लबलाई किनारा लगाएको हो । प्रतियोगिताको उपाधिका लागि स्टार सिटी र फारवेष्ट पशुपति बीच बुधबार प्रतिस्पर्धा गर्नेछन् । युएनडीको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । साथमा सिल्ड तथा प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।    

प्रतियोगितामा तेस्रो हुने टीमलाई पनि नगद ११ हजार पुरस्कार दिईने छ । त्यसका लागि सेमिफाईनलमा पराजित द टुईन्स क्लब र सिआर सेभेन फुटसल क्लब प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानको लागि पनि आज नै फाईनल अघि खेल हुने आयोजक समितिका संयोजक महेश जोशीले जानकारी दिए ।