प्रधानमन्त्री कपः रोमाञ्चक खेलमा सुदूरपश्चिम पराजित
2020/12/30, 1:39
 
pm cup

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले हार व्यहोरेको छ । मंगलबारको खेलमा जित हात पारेको सुदूरपश्चिम प्रदेशले प्रदेश १ सँग हार व्यहोरेको हो । बुधबार भएको खेलमा प्रदेश–१ ले सुदूूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको हो ।

दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाईन् । निग्मा तामाङले ७ रन जोडिन् । बलिङतर्फ सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् । कविता कुँवर र कविता जोशीले समान एक एक विकेट लिईन् ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । मौसमका कारण केही समय ढिला सुरु भएको खेल १६ ओेभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाईन् । रेवती धामीले ८ रन बनाएको इनिङ्समा डली भट्टले ५ रनको योगदान गरिन् । बलिङ तर्फ प्रदेश–१ की संगीता राईले सर्वाधिक ३ विकेट लिईन् । सवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले समान एक एक विकेट लिईन् । बुधबारको खेल जित्दै प्रदेश–१ सेमिफाइनल  पुगेको छ ।