वनमन्त्री प्रेम आलेले भने, ‘भीम रावल जस्तो तुच्छ मान्छे देखेको छैन’  
2020/12/30, 3:25
 
a

वनमन्त्री प्रेम आलेले पार्टी मिल्न नदिने काम भीम रावलको भएको आरोप लगाएका छन् ।  केपी शर्मा ओली समूहले बुधबार बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री आलेले यस्तो बताएका हुन् । ‘पार्टीका नेतालाई यता उस्काउने उता उस्काउने काम मात्रै हो डाक्टर रावलको ।’ उनले भने– ‘यो पार्टी फुटाउनै उनै डाक्टर रावलको हात छ ।’ उनले १७ गते आफु डोटी जाने र पार्टीका नेता कार्यकर्ता ओली पक्षमा कति छन् भन्ने कुरा डाक्टर रावललाई देखाउने चेतावनी दिए ।

‘ओलीको कमजोर स्वास्थ्यको फाईदा उठाउन प्रचण्डले पार्टी एकता गर्नुभयो तर प्रधानमान्त्री ओलीको स्वास्थ्य राम्रो हुँदै गयो ।’ मन्त्री आलेले भने– ‘ओलीको अपुताली खान प्रचण्डले एकता गरेछन त्यो कुरो अहिले खुल्दैछ ।’ उनले नेता रावलको चर्को आलोचना गरे । आलेले रावललाई तुच्छ रहेको समेत टिप्पणी गरे ।

‘पार्टी मिल्न नदिने पक्षपाती भीम रावल नै हुन् । मैले भीम रावल जस्तो तुछ् मान्छे जीवनमा देखेको छैन् ।’ आलेले भने– ‘यो डाक्टर ठीक छैन । मैले भीम रावलसँग लागेर समय खेल फाले । अहिले आफैंलाई धिक्कार गर्छु ।’  प्रचण्ड–माधव पक्षीय नेता भीम रावलप्रति निकै आक्रामक देखिएका आलेले धनगढीमा आफुलाई रावलले भनेको चोरलाई चावी बुझाईएको भन्दै दिएको अभिव्यक्तीको प्रतिपाद गरे ।  

उनले भने–‘ डाक्टर भिम रावलले चार पटक सुदूरपश्चिमलाई डिकबन्दी राखेर चार पटक उपप्रधानमन्त्री पटक पटक पैताला चाटेर भएको कुरा याद गर्नुहोस् । उहाँले सुदुरपश्चिमका लागि एउटा पनि माखा मार्न सक्नुभएन् । त्यसैले अब भीम रावलको गर्दै आएको दादागिरी सकियो । उहाँको अन्त्य निश्चित छ ।’