युएनडी फुटसलको उपाधि फारवेष्ट पशुपतिलाई 
2020/12/30, 7:21
 
futsal

लाख बढी धनराशीको युएनडी खुल्ला फुटसल प्रतियोगिताको उपाधि महालक्ष्मी विजुली भण्डार फारवेष्ट पशुपति युवा क्लबले जितेको छ । फ्ल्याटल्याण्ड फुटसल प्रतियोगितामा बुधबार भएको फाईनलमा स्टार सिटी युवा क्लबलाई ९–१ को फराकिलो अन्तरले हराउँदै महालक्ष्मी विजुली भण्डार फारवेष्ट पशुपति युवा क्लबले उपाधि जितेको हो ।

1

उपाधिसँगै क्लबले नगद ६१ हजार सहित प्रमाण, मेडल र ट्रफी प्राप्त गरेको छ । उपविजेता स्टार सिटीले नगद २५ हजार सहित प्रमाण, मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो स्थान सिआर सेभेन भयो । उसले द टुईन्स क्लबलाई हराउँदै नगद ११ हजार सहित प्रमाण, मेडल र ट्रफी प्राप्त गरेको छ । 

3

युएनडीको आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । युएनडीका अध्यक्ष योगेश भण्डारीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपमेयर सुशिला मिश्र भट्ट तथा विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी रहेका थिए ।

3

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २० वटा टीमहरुले सहभागीता जनाएको प्रतियोगिताका संयोजक महेश जोशीले जानकारी दिए ।