
महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार बागमती प्रदेशलाई २८ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । बर्षाका कारण ११ ओभरमा खेलाईएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमतीलाई ७७ रनको लक्ष्य दिएको थियो ।

बागमती प्रदेशले निर्धारित ११ ओभरमा ९ विकेट गुमाएर ४८ रन मात्रै बनाउनसक्यो । बागमतीका लागि सुमन खतिवडाले २७ रन बनाए पनि जिताउन सकिनन् । सुदूरपश्चिमको जितमा कविता जोशीले ५ विकेट लिईन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि डल्ली भट्टले २८, कविता कुँवरले १९ र कविता जोशीले १२ रन बनाईन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02