अर्थोपार्जनमा जोडिदैं धनगढीका विपन्न वर्ग
2020/12/31, 5:13
 
d mega projcet

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की विस्नु थापाले व्यावसायिक तरकारी खेती शुरू गरेकी छिन्  । यस अघि घरायसी उपभोगका लागि तरकारी फलाउँदै आएकी विस्नु उपमहानगरपालिका र दातृ निकायबाट प्राविधिक सहयोग पाएपछि व्यवसायिक खेतीमा जोडिएकी हुन् । 

1

धनगढी उपमहानगरपालिका र यूएनडीपीको आर्थिक सहयोगमा कैलाली जिल्ला लघु उद्यमी समुह संघको कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरेपछि विपन्न वर्गहरु आर्थिक उपार्जनतिर जोडिएका छन् । विदेशबाट फर्किएका र कोरोना महामारीका कारण रोजगारी तथा व्यवसाय गुमाएका विपन्न वर्गहरु विभिन्न कामहरु गर्दै आत्मनिरभर र स्वरोजगारको बाटोमा लागिरहेका छन् ।

एकल महिला, दलित, जनजाति र विदेशबाट फर्केका कोरोना प्रभावित युवालाई लक्षित गर्दै परियोजना सञ्चालन गरिएको हो । परियोजना मार्फत युवाहरुलाई तरकारी खेती, बाख्रापालन, च्याउखेती, बंगुरपालन, मासु पसल, किराना पसल, होटेल, ठेलामा तरकारी वेचबिखन, डेरी, बुटिक लगायतका विभिन्न कामहरु गर्दै आम्दानीको बाटोमा लगाईएको छ । 

1

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ की माईतीदेवी चौधरी पनि अहिले तरकारी खेतीमा रमाएकी छिन् । ग्रिन हाउस बनाएर वेमौसमी तरकारीहरु फलाउनति लागेकी छिन् उनी । जिल्ला लघु उद्यमी समुह संघ मार्फत पूर्ण रूपमा प्राविधिक सहयोग पाएपछि आफू तरकारी खेतीमा लागेको उनको भनाइ छ । उनले भनिन्, ‘घरमा कमाउने मान्छे कोही छैन, तरकारी खेतीपछि आय आर्जन हुने आशा छ ।’
परियोजनाकी संयोजक चाँदनी शाहीका अनुसार काममा लागेकाहरुलाई उनीहरुको आवश्यकता हेरेर मागमा आधारित सहयोग गर्दै आएको छ । तरकारी खेती गर्ने किसानलाई पोली हाउस, सिँचाइका लागि मोटर, पाइप, बीउ, किटनाशक औषधि र अन्य प्राविधिक सहायता उपलब्ध गराउने गरिएको छ । बाख्रापालनका लागि खोर निर्माण, घाँस र घाँसको बिउ, उन्नत जातका खसी बोकाहरु सहयोग गरिएको छ । अन्य व्यवसाय गरिरहेकाहरुलाई त्यही आधारमा प्रविधि तथा व्यवसायसँग सम्बन्धि आवश्यक पर्ने कुराहरुको सहयोग गर्ने गरिएको संयोजक शाहीले बताईन् ।

1

उनका अनुसार धनगढी उपमहानगरपालिका र यूएनडीपीको आर्थिक सहयोगमा नगरका १, १४ र १६ वडामा  परियोजना सञ्चालन गरिएको छ । ‘लक्षित वर्गबाट छनौट गरिएको परिवारलाई आर्थिक उपार्जनसँग जोड्न कार्यक्रम सहयोगी बनेको छ ।’ शाहीले भनिन्–‘परियोजना सञ्चालनपछि लक्षित वर्गले आर्थिक लाभ पाउने र सामाजिक विकास तथा आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौंं ।’ 

परियोजना मार्फत एक सय ५० जनालाई उद्यमी बनाईएको छ । साथै उनीहरुका परिवारका सदस्यहरु पनि आत्मनिरभर हुने बाटोमा अग्रसर भईरहेका छन् । तीन वटै वडामा गरी ८० पुरुष र ७० महिलालाई उद्यमी बनाईएको छ । त्यसमा यतै हुँदा रोजगारी गुमाएका र विदेशहरुबाट नै फर्किएका उद्यमी बनेका छन् ।

2

जिल्ला लघु उद्यमी समुह संघ कैलालीका अध्यक्ष गणेश बिष्टले विपन्न वर्गलाई आयमूलक उत्पादनसँग जोड्न परियोजना सञ्चालन गरिएको बताए । ‘कोरोना संक्रमणपछि अधिकांशको आर्थिक अवस्था नाजुक बनेको छ ।’ उनले भनिन्– ‘परियोजनाबाट ६ सय भन्दा बढी परिवार लाभान्वित भएका छन् ।’