धनगढीको जोशी अप्टिकल एण्ड आईकेयर एलपिएलको सह–प्रायोजकको रुपमा जोडियो
2020/12/31, 7:27
 
ipl

धनगढीको जोशी अप्टिकल एण्ड आईकेयर सेन्टर आगामी फागुनमा हुने एलपिएलको सह–प्रायोजकको रुपमा जोडिएको छ । फागुन १५ गतेदेखि सञ्चालन हुने लिग नकआउट चरणको लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा पाँचौ संस्करणको सह–प्रायोजकको रुपमा जोशी अप्टिकल एण्ड आईकेयर जोडिएको हो । 

1

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेण्ट प्रा.लि.को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको पाँचौ संस्करणमा जोशी अप्टिकल एण्ड आईकेयर सेन्टरले सह–प्रायोजकको रुपमा सहमति पत्रमा हस्ताक्षर भएको छ । आयोजकको तर्फबाट आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाही र सह–प्रायोजकको तर्फबाट आईकेयर सेन्टरका प्रमुख तथा संस्थापक डाक्टर युवराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

1

विद्यालयस्तरमा सञ्चालन हुने प्रतियोगितालाई स्तरीय बनाउन र प्रतिभावान विद्यार्थीलाई हौसला प्रदान गर्न प्रतियोगितासँग जोडिएको जोशी अप्टिकल एण्ड आईकेयर सेन्टरका प्रमुख तथा संस्थापक डाक्टर युवराज जोशीले बताए ।  प्रतियोगिताको मिति नजिकिएसँगै प्रायोजकहरु पनि जोडिने क्रम बढेको छ । प्रतियोगितालाई सफल बनाउँदा एलपिएलमा सहयोगी हात बढ्दै गएका लिटल फ्लावर स्पोर्टस एण्ट ईभेन्ट्स प्रा.लि.का अध्यक्ष रामचन्द्र शाहीले बताए । 

3

3

प्रतियोगितालाई हालसम्म काठमाण्डौं स्थित हिमालयन ह्वाईट हाउस ईन्टरनेशनल कलेज सह–प्रायोजक भईसकेको छ । यसैगरी एलपिएलका लागि दोश्रो पुरस्कार राशीको प्रायोजकको रुपमा धनगढी स्थित गुरुकुल एकेडेमी रहेको छ । हस्पिटालिटी पार्टनरमा ईमेज होटल, एजुकेशन पार्टनरको रुपमा ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट, हस्पिटल पार्टनरको रुपमा निसर्ग हस्पिटलले प्रायोजकन सम्झौता गरिसकेका छन् ।

1

1

त्यसैगरी पाँचौं संस्करणका लागि अमेरिका निवासी समाजसेवी जयन्ती थापा, दाहाल पुस्तक पसल लगायतले पनि सहयोग गरेको आयोजक लिटल फ्लावर स्पोर्टस एण्ट ईभेन्ट्स प्रा.लि.का अध्यक्ष शाहीले बताए ।प्रतियोगितमा सहभागिता जनाउने टीमहरुका लागि पुस मसान्तसम्म दर्ताको समय तोकिएको छ । टीमहरु पनि दर्ता भईरहेका छन् । 

1

1