माघीको अवसरमा पेनाल्टी सुटआउट प्रतियोगिता हुने
2021/01/01, 5:46
 
football

थारु समुदायको महान चाड माघ (माघी) को अवसरमा कैलारी गाउँपालिकाको हसुलियामा ब्याटमिन्टन र पेनाल्टी सुटआउन प्रतियोगिता हुने भएको छ ।  हिम शिखर क्लबको आयोजनामा अगामी माघ २ गते एक दिवसीय ब्याटमिन्टन र फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने क्लबका अध्यक्ष सुनिल चौधरीले जानकारी दिए । प्रतियोगितासँगै थारु संस्कृति झल्किने नृत्य तथा परम्परागत नाचसमेतको प्रस्तुत गरिने जनाइएको छ । 

क्लबले फुटबल पेनाल्टी सुटआउट प्रतियोथितामा विजयी हुने टिमलाई नगद ५५ हजार, दोस्रो हुनेलाई २५ हजार ५५० रुपैयाँ र सेमिफाइनल खेल्ने दुई टिमलाई जर्सी पुरस्कार प्रदान गर्ने जनाएको छ । ब्याटमिन्टन प्रतियोगितातर्फ प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार आठ हजार र सेमिफाइनल खेल्ने दुई टिमलाई जर्सी प्रदान गर्ने जनाएको छ । ब्याटमिन्टन खेलमा कैलारी गाउँपालिकाका स्थानीय तथा गापा अन्र्तगतका संघ संस्था एवं कार्यालयमा कार्यरत स्थानीयलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ ।