प्रधानमन्त्री कपः सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा
2021/01/02, 1:53
 
pm cup

विभागीय टिम एपीएफ क्लब दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।  एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै २६ रन जोडिन । यस्तै सरिता मगर १९ रनमा अविजित रहिन् । कप्तान सिता राना मगर ७ रनमा आउट भईन् । सुदूरपश्चिमकी कविता कुवरले १ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो । बाक्लो हुस्सुको कारण ढिला सुरु हुँदा खेल १६ ओभरमा छोट्टाईएको हो ।  सुदूरपश्चिमका लागि कविता जोशीले अविजित २२ रन जोडिन । यस्तै रेवती धामीले १२ रन जोड्दा सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।