'तथ्यहीन समाचार'को सहारामा रावलबारे ओलीले भने-तिनलाई श्रीमतीले कसरी खान दिइन् होला ?
2021/01/03, 5:34
 
i

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् । उनले रावलले आफूमाथि महिलाको किड्नी हालेकाले दिमाग बिग्रिएको भनी अभिव्यक्रि दिएको आरोप लगाउँदै यसबाट महिलाको अपमान भएको टिप्पणी गरेका हुन् । ‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएकीले जन्मजात दिमाग बिग्रिएको हुनुपर्छ,’ ओलीले अनेरास्ववियूको कार्यकर्ता भेलामा भीम रावलप्रति व्यङ्ग्य गर्दै भने, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ? ’

यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको खबरहरु सार्वजनिक भएका थिए । तर, रावलले यसलाई कुप्रचार भन्दै आपत्ती जनाइसकेका छन् । प्रधानमन्त्री ओलीले नेकपाको अर्को समूहका अध्यक्ष माधवकुमार नेपालले पनि जाति विशेषलाई होच्याएको भन्दै आलोचना गरे ।