
कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् । बर्दगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खाग सहित कठरियालाई पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।
सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ गरेको हो । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2023/02/01, 12:05