बर्षाको विजोगका बिच कैलालीको त्रिनगर नाकाबाट चार दुई सय जना भित्रिए (फोटो फिचर र भिडियो सहित)
2020/05/30, 8:47
 
sima

बर्षाको विजोगका बिच कैलालीको त्रिनगर नाकाबाट चार हजार दुई सय सात जना नेपाली भित्रिएका छन् । जेठ दुई गतेदेखि उद्धारको काम सुरु गरिएकोमा आज धनगढीमा भएको बर्षाले समस्या उत्पन्न भएपनि नेपालीहरुको उद्धार गरिएको हो ।

शनिबार मात्रै चार हजार दुई सय ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उद्धार गरिएका कसैको पनि परिक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।  

शनिबार चार हजार बढीको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठको १३ दिनको अवधिमा ३७ हजार ६ सय ४१ जनाको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २, ३ र ८ गते एक हजार चार सय ५० जनार्को यापिड टेस्ट गरिएकोमा बाँकी ३६ हजार बढीको र्यापिड टेस्ट समेत भएको छैन् ।

pani sima

कैलालीको त्रिनगर नाका पुगेका नेपालीहरुको बर्षाले विजोग भएको छ । आज धनगढीमा बर्षा भएका कारण भारतबाट फर्किएका नेपालीहरुको सीममा विजोग भएको हो । बर्षाबाट बँच्नका लागि ओत लाग्ने लाग्ने ठाउँ समेत नहँुदा उनीहरु थप समस्यामा परेका हुन ।  

भारतका विभिन्न स्थानहरुबाट आएका नेपालीहरुलाई पानी भिजाउनुका साथै त्यहाँ हिलो समेत भएको छ । आज विहान पानीमा भिज्दै नेपालीहरु नेपाल पुगेका छन । जेठ २ गतेदेखि भारतका विभिन्न शहरहरुबाट आएका नेपालीहरुको उद्धारको काम सुरु गरिएको थियो । आजसम्म पनि नेपालीहरु सीमा नाका पुग्ने क्रम जारी रहेको छ । 

1

1

d

1

b

d

1

k

b

b

2