
कैलालीमा माटोको ढिस्कोमा पुरिएर घाईते भएकी महिलाको उपचार भईरहेको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा माटो खन्ने क्रममा खसेको ढिस्कोमा पुरिएर गम्भीर घाईते भएकी स्थानीय ४० वर्षीया दुर्गा मन्नीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको चिकित्सकले जनाएका छन् ।

गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा माटो खन्ने क्रममा खसेको ढिस्कोमा पुरिएर गम्भीर घाईते भएका १८ वर्षीय भुवन बोहोराको मृत्यु भने हिजो नै मृत्यु भईसकेको छ । गम्भीर घाईते भएका युवकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/29, 9:34
2021/02/12, 11:16
2021/09/13, 6:12
2022/07/27, 2:40
2023/12/04, 4:01