सुदूरपश्चिमका ७ नेकपा सांसद ओली पक्षमा खुले, नयाँ सरकार बनाउन ६ जना अपुग
2021/01/06, 4:07
 
oli

सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिदै ओली पक्षलाई साथ दिएपछि सो संख्या सात पुगेको हो ।

जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै उनले राजीनामा दिएका हुन । प्रदेश सरकार फेरबदल हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा बोहराले भने, `अर्को पक्ष (प्रचण्ड-नेपाल) को गुण र दोष हेरेर हामीले नीति बनाउछौ ।´ यसअघि भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरेका थिए ।

उनले ओली पक्षलाई साथ दिएको भन्दै बर्खास्त गरिएको थियो । ओली पक्षलाई प्रदेशसभा सदस्री लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले पनि साथ दिएका छन् । ओली पक्षलाई काङ्ग्रेस र जसपासङ्ग मिलेर सरकार बनाउन अझै नेकपाका ६ जना प्रदेशसभा सदस्य अपुग देखिएको छ । प्रदेशसभामा ३९ नेकपा, १२ काङ्ग्रेस र २ जसपाका प्रदेशसभा सदस्य रहेका छन् ।