सेती अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिममा कोरोनाले मृत्यु हुनेको संख्या ७३ पुग्यो
2021/01/06, 8:25
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ का ७० वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो।
उप–महानगरपालिका – ४ का ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार निमोनिया पीडित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा बुधबार साझ मृत्यु भएको हो ।
यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ७३ पुगेको छ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2020/10/13, 8:44
2022/02/21, 3:26
2023/03/13, 12:07