कैलालीमा सरकार विरुद्ध टर्च बालेर प्रदर्शन
2021/01/06, 9:19
 
nekapa

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विद्यार्थीले कैलालीमा प्रदर्शन गरेका छन्।  प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड–माधव पक्षका अनेराश्ववियूका कार्यकर्ताले सुख्खडमा दिउँसै टर्च बालेर विरोध प्रदर्शन गरेका हुन्। 

विद्यार्थीहरु दिउँसै टर्च बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै ? भन्दै सडकमा निस्किएकाे अनेराश्ववियूका नेता योगेश बमले बताए।