सुदूरपश्चिममा भीम रावलको संरक्षणमा काठ तस्करी भईरहेको छ : प्रेम आले (भिडियो)
2021/01/07, 1:05
 
prem


काठ तस्करीको आरोप झेल्दै आएका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेकपाका नेता भीम रावलविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको चौथो बैठकमा बोल्दै मन्त्री आले रावलविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

उनले नेकपा नेता रावलकै संरक्षणमा सुदूरपश्चिममा काठ तस्करी र वन फडानी भएको आरोप लगाएका छन् । ‘जंगल काट्ने प्रदेशका वन मन्त्री माया भट्ट, डाक्टर रावलकै दाहिने गोजीमा छिन् । वनलाई नियन्त्रण गर्ने अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापती गोविन्द कुँवर, डाक्टर रावलकै साक्कै भिनाजु । फडानी गर्ने डिजाइनर डाक्टर रावलका सहोदर भिनाजुको साक्कै भाइ कर्ण कुँवर, ठुलो काठ व्यवसायी,’ मन्त्री आलेले भने, ‘यी सबैलाई संरक्षण गर्ने भीम रावल । डाक्टर रावल, तस्करी तपाई गर्ने यो सोझो मगरलाई आरोप लगाउने ?’ 

उनले रावललाई काठ व्यवसायी र तस्करहरुले घेरेको बताउँदै आफुमाथि काठ तस्करीको झुठो आरोप लगाएको बताए । मन्त्री आलेले वन मुद्दामा आफूले पुनरावेदन अदालतबाट सफाइ पाइसकेको भएपनि रावलले आफूलाई तस्करको आरोप लगाएकामा आक्रोश व्यक्त गरे । आले मन्त्रीमा नियुक्त भएपछि रावलले धनगढीमा आयोजित कार्यक्रममा ‘चोरको हातमा साँचो’ भन्दै कटाक्ष गरेका थिए ।