म प्रधानमन्त्रीको कटु आलोचक हो : वामदेव
2021/01/07, 1:33
 
bam

 राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको बताएका छन् ।

आज राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले त्यस्तो बताएका हुन् । आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको समेत बताएका छन् ।

“प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो । मैले उहाँलाई धेरैपटक सुझाव दिए । कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन ।” उनले भने ।

गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताए । 

‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने।

उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएको बताए।