डेउडामार्फत् सांसद्ले राष्ट्रिय सभामा पोखे पीडा
2021/01/07, 3:55
 
rr

‘लेकै लाग्यो काँठ्या कुहिरो लेकै बानिँदो छ, घाम लाग्याको दिन अँध्यारो किन मानिदो छ,’ सुदूरपश्चिमको अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवरले पार्टी विभाजित भएको विषयलाई राष्ट्रिय सभामा भावुक रुपमा प्रस्तुत गरेको डेउडा । उनले डेउडा गीतबाट आफ्नो वक्तव्यको सुरुवात गरेका हुन् ।

उनको गीतको अर्थ थियो– घाम छर्लङ्ग लागेको दिन पनि अँध्यारो महशुस किन भइरहेको छ ? अप्ठ्यारो परिस्थितिमा मनमा लागेका कुराहरु भन्नकै लागि यस्ता गीत बन्ने भन्दै उनले वर्तमान परिस्थितिले आफ्नो मन दुखेको उल्लेख गरे । फेरि उनले डेउडा गीतको एकलाइन थपे, ‘नखाउँ त दूधको दुनो, खाउँ त गलो पोल्दो ।’

नखाँदा दूध रहेको तर खाँदा घाँटी पोल्ने गरी तातो रहेको जस्तो परिस्थिति रहेको उनले उल्लेख गरे । उनले राजनीतिक पार्टीमा समस्या आउने भएपनि ती आन्तरिक रुपमै हल गरिनुपर्ने धारणा राखे ।