
प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् । प्रतिकुल मौसमका कारण श्री एयरलाईन्सको विमानबाट उडान तालिकाभन्दा तीन घण्टा ढिलो गरी उनी धनगढी पुगेका हुन् । पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको जनसभालाई सम्बोधन गर्न आएका हुन् ।

स्थानीय प्रशासनको निर्देशन अनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ । नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/08, 8:58
2021/06/22, 9:46
2022/02/19, 10:42
2023/03/08, 12:59