प्रेम आलेले भट्टलाई भने, ‘तपाई कस्तो मुख्यमन्त्री हो ?’
2021/01/08, 3:46
 
a

वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको आलोचना गरेका छन् । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आलेले मुख्यमन्त्री भट्टमा सामान्य संस्कार समेत नरहेको बताउँदै उनले भने, ‘ तपाई कस्तो मुख्यमन्त्री हो ? देशको प्रधानमन्त्री आउँदा स्वागत समेत नगर्ने ।’

उनले मुख्यमन्त्री पदबाट हटेपछि फेरी भारत जानु पर्ने अवस्था नआउँने बताउँदै आलेले स्वदेशमै रोजगारीबो व्यवस्था समेत गर्ने बताए । आज प्रधानमन्त्री ओली धनगढी आउँदा प्रदेश प्रमुख विमानस्थल पुगेकी थिईन् भने मुख्यमन्त्री आफुलाई जानकारी नभएको भन्दै स्वागतमा गएका थिएनन् ।